पोषण अभियान्तालाई क्षमता अभिवृद्धि तालिम

स्वास्थ र सुन्दरता

हुमाकान्त पोखरेल, गुल्मी
गुल्मीमा पोषण अभियान्ताहरुलाई क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ । बुधबारदेखि सदरमुकाम तम्घासमा रेसुगां नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भत्तिराम मरासिनीले तालिमको उद्घाटन गरे । एकीकृत ग्रामीण विकास समाज गुल्मीद्धारा संचालित सुआहारा दोश्रो चरण कार्यक्रमअन्र्तगत परियोजनामा काम गर्ने फिल्ड सुपरभाइजर र सामुदायिकपोषण स्वयमसेवकहरुको लागि तालिमको आयोजना गरिएको हो । तालिममा गुल्मी, पाल्पा र अर्घाखाँचीका गरी ४२ जना सहभागि छन् ।

प्रशिक्षार्थीहरुविच एक–आपसमा अनुभवहरुको आदानप्रदान मार्फत भावि कार्यलाई थप प्रभावकारी बनाउन ज्ञान, सिप तथा क्षमतामा अभिवृद्धि गर्ने र कार्य सम्पादनका क्रममा आइपरेका समस्याहरुलाई एकआपसमा छलफल गरि समाधान निकाल्ने उदेश्यले तालिम संचालन गरिएको सुआहारा कार्यक्रम संयोजक कृष्ण गुरुङ्गले जानकारी दिए । त्यस्तै तालिममार्फत कर्मचारीहरुको क्षमता अभिवृद्धि गराई स्थानीय सुनौला हजार दिनका आमा र बच्चाहरुको पोषण स्थिति सुधार गर्ने तालिमको उदेश्य रहेको छ । आठ दिनसम्म संचालन हुने तालिममा सुआहाराको केन्द्रिय र जिल्लास्तरका प्रशिक्षकले प्रशिक्षण दिने सुआहारा फिल्ड संयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिए ।

कार्यक्रम एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष हिरा ए.सी. को अध्यक्षता, कार्यकारी निर्देशक कृष्ण विश्वकर्माको स्वागत मन्तव्य तथा फिल्ड संयोजक विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *