दुर्घटनामा परी निधन भएका सापकोटाका परिवारलाइ जनकल्याणकारी संस्थाद्वारा तीन लाख प्रदान (भिडियो सहित)

ताजा खबर बिशेष

अनिश शर्मा गैरे, गुल्मी ३ फाल्गुण
जनकल्याणकारी संस्था जापानले मुसिकोट नगरपालिका ८ वामी हुद्रुङकोटका एक परिवारको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

गत माघ २० गते वामीमैदानमा पिकप जीप दुर्घटना भइ निधन भएका ३० बर्षिय ठाकुर सापकोटाका दुइ छोरीहरुको पढाइको निम्ती आर्थिक सहायता दिने उद्धेश्यका साथ आर्थिक सहयोग प्रदान गरीएको हो ।

आज एक कार्यक्रमको आयोजना गरी संस्थाकी महिला सदस्य शान्ती सापकोटा तथा वामीका ब्यापारी तथा समाजसेवी भोजराज सापकोटा र सामुदायिक रेडियो पुष्पाञ्जलीका स्टेशन उपप्रमुख अनिश शर्मा गैरेको समुहले सहयोग हस्तान्तरण गरेको छ ।

गुल्मी बाग्लुङ्ग सहितका प्रवासी जापानबासी नेपालीहरुको संस्था जनकल्याणकारी संस्थाका पदाधिकारीहरुले करिब २ लाख ८० हजार भन्दा बढी रकम ती दुइ छोरीहरुको अध्ययनको लागि अक्षयकोष मार्फत आर्थिक सहयोग प्रदान गरेका हुन् ।

संस्थाका महिला सदस्य शान्ती सापकोटा र वामी बजार निवासी भोजराज सापकोटाको नाममा संयुक्त बंैक खाता खोली अक्षयकोषमा जम्मा गरीने र अर्थबार्षिक रुपमा सो ब्याजबाट आउने रकमस्व. सापकोटाकी दुइ छोरीहरु गायत्री र करिष्माको अध्ययनको लागि खर्च गर्ने उद्धेश्य सहित सहयोग गरीएको संस्थाका उपाध्यक्ष ऋषिराम सापकोटाले जानकारी दिए ।

शुक्रवार एक कार्यक्रमको आयोजना गरी ५ हजार रुपैया रकम परिवारलाइ प्रदान गरीएको छ भने बाँकी २ लाख ८० हजार रुपैया बंैकमा जम्मा गरीने बताइएको छ । बालिकाहरु १८ बर्ष पुगेपछि सो रकम स्वतस्फुर्त रुपमा प्रयोग गर्नसक्ने संस्थाले जनाएको छ ।

जापानमा रहेका प्रवासी नेपालीहरुले आफुले कमाएको रकममा केही प्रतिशत ती बालीकाहरुको अध्ययनको लागि खर्चेका हुन् ।
हस्तान्तरण पछि बोल्दै महिला सदस्य सापकोटाले संस्था गरीब, दुखी, असहाय, रोगी, दैवीप्रकोप पीडितहरुको उत्थानको निम्ती स्थापना गरीएको भन्दै शुक्रवार गरीएको सहयोगले बालिकाहरुको अध्ययनमा महत्वपुर्ण भुमिका ल्याउन सक्ने बताइन ।

त्यसैगरी समाजसेवी भोजराज सापकोटाले सो महान पुण्य कर्म गरेकोमा संस्था प्रति आभार ब्यक्त गर्दै अन्य महानुभावलाइ पनि आर्थिक सहायता प्रदानमा जुट्न आग्रह गरे ।

कार्यक्रममा रेडियो पुष्पाञ्जलीका स्टेशन उपप्रमुख अनिश शर्मा गैरेले शोक पत्र बाचन गरी परिवारका सदस्यलाइ हस्तान्तरण गरेका थिए भने सहयोग राशी बुझ्दै परिवारले दुखको घडीमा मल्हम लगाउन आएकोमा संस्थाप्रति सम्मान ब्यक्त गरे । यस संस्थाले आगलागी पीडित, दैवी प्रकोप पीडित, दुखी गरीबहरुमा सहयोग गर्दै आइरहेको छ ।

गत माघ २० गते भएको दुर्घटनामा सापकोटा सहित वामी मैदानकै पुतलीसिँह ठकुरीको निधन भएको थियो भने अन्य दुइ जना घाइते भएका थिए । आज मृतकको परिवारले १३ औ दिनको कर्म समापन पनि गरेको छ ।

यसैबिच उनै बालीकाहरुको अध्ययनमा सहयोग गर्ने उद्धेश्य सहित ब्यक्तिगत र संस्थागत दुवै तवरमा सहयोग संकलन भइरहेको छ । वामी सेवा समितिले हालसम्म करिब डेढ लाख रकम संकलन गरेको संस्थाका सदस्य उज्जवल खत्रीले जानकारी दिए । त्यसैगरी खर्बाङ्ग बस्ने दिन केसीले १० हजार, वामी शेरा निवासी भुवन खरालले ५ हजार, उनीसँगै जापान बस्ने सन्तोष रायमाझीद्धारा २ हजार रुपैया आर्थिक सहयोग प्रदान भएको खत्रीले जानकारी दिए । यसैबिच सुर्याेदय युवा क्लबले रु ८ हजार ३ सय ४०, वामी निवासी हिरामणी सापकोटाले ५ हजार प्रदान गरेका छन् ।

भिडियो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *