स्वर्गिय बाबाको सम्झनामा घिमिरे परिवारद्धारा बिद्यालयलाइ टेलिफोन सेट प्रदान ।

ताजा खबर समसामयिक

अनिश शर्मा गैरे, गुल्मी, ३ फाल्गुण

बडीगाड गाउँपालिका ५ ग्वालीचौर दाँगको थानापति आधारभुत बिद्यालयलाई एक परिवारले टेलिफोनसेट सहयोग गरेको छ ।

स्वर्गिय वुवा चन्द्रमणि घिमिरेको सम्झना एवं आमा चेमकली घिमिरेको नाममा जापानमा रहेका छोराहरु इश्वरी प्रसाद घिमिरे, हरि प्रसाद घिमिरे तथा नेपालमा रहेका राम प्रसाद घिमिरेको तर्फबाट बिद्यालयलाइ सहयोग प्रदान गरीएको हो ।

बिद्यालयमा जारी ४६ औं बार्षिकोत्सबको अबसरमा आयोजित समारोहको अवसरमा सो टेलफिन सेट हस्तान्तरण गरीएको कान्छा छोरा राम प्रसाद घिमिरेले जानकारी दिए ।

“विश्व प्रविधिले धेरै अघि गइसक्यो” घिमिरेले भने “आफुले अध्ययन गरेको बिद्यालयमा टेलिफोन सेट समेत नहुँदा बिभिन्न कार्यमा काम गर्न असहज भएको महसुस गरी सो सेट प्रदान गर्याै” ।

उनले अब बिद्यालयमा प्रशासनीक र संस्थागत कार्यसञ्चालनममा सहयोग मिल्ने विश्वास गरे । उनले धेरै पहिलेबाट बिद्यालयलाइ सहयोग गर्ने मनसाय भएको भएपनि हाल यो अवसर मिलेको बताए ।

सुचना सञ्चारको बढ्दो प्रयोगले मानबिय जीवन सरल र सहज बनाईरहेको समयमा आफु पढेको बिद्यालयमा पनि उक्त सहजताको आशा सँगै टेलिफोन सेट हस्तान्तरण गरेको घिमिरेको भनाइ छ ।

कान्छा छोरा घिमिरेको हातबाट सो टेलिफोन हस्तान्तरण भएपछि बिद्यालयका प्रद्यानाध्यापक खिमराज घिमिरेले सो परिवारलाइ धन्यवाद दिदै उत्तरोत्तर प्रगतीको कामना गरे । साथै सो टेलिफोट सेटको सही सदुपयोग हुने पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *