थानापति आधारभुत बिद्यालयमा बिभिन्न ब्यक्तिहरुद्धारा १ लाख १० हजारको अक्षयकोष स्थापना !

ताजा खबर स्थानीय

अनिश शर्मा गैरे, प्रकाश घिमिरे, गुल्मी ३ फाल्गुण
थानापति आधारभुत बिद्यालयको लागि बिभिन्न ब्यक्तिहरुबाट १ लाख १० हजारको अक्षयकोषको स्थापना भएको छ ।

बिद्यालयको ४६ औ बार्षिकोत्सबको अवसरमा वडा नम्बर ५ का अध्यक्ष अर्जुन खरेलले ७० हजार, भानु माबि ग्वालीचौरका शिक्षक बेद प्रसाद घिमिरेले १० हजार ५, बिद्यालयका प्रद्यानाध्यापक खिमराज घिमिरेबाट १० हजार, बुवा थुम बहादुर बिसीको स्मृतिमा छोरा कृष्ण र आमा खिमी बिसीबाट १० हजार, मिन बहादुर घर्तीले ५ हजार तथा दिदिको सम्झनामा लालु र गुनाखर घिमिरेबाट ५ हजार गरी १ लाख १० हजारको अक्षयकोष स्थापना भएको हो ।

सो अक्षयकोष गरीब तथा जेहेन्दार बिद्यार्थीहरुको लागि छात्राबृति स्वरुप खर्च गरीने बिद्यालयका प्रअ खिमराज घिमिरेले जानकारी दिए । त्यसैगरी थानापति समाजकल्याण संस्थाका अध्यक्ष देबिचन्द राकसकोटी द्धारा बुवा बुद्धि बहादुर राकसकोटीको नाममा ५ हजार, बिद्यालयका प्रअ खिमराज घिमिरेबाट ५ हजार तथा शिक्षक दिपक कुवँरबाट ५ हजार तथा बुवा चन्द्रमणी र आमा चेमकलीको नाममा राम प्रसाद घिमिरेद्धारा एक् थान टेलफोन सेट बिद्यालयलाइ प्रदान भएको जनाइएको छ ।

सो आर्थिक रकम बिद्यालयको भौतिक ब्यबस्थापनको निम्ती खर्च गरीने बिद्यालयले जनाएको छ । बिद्यालयले आउने केही बर्षमै स्वर्ण महोत्सब मनाउने गरी तयारी पनि सुरु गरेको छ ।
बिहिबार र शुक्रवार गरी दुइ दिन सम्म चलेको बिद्यालयको बार्षिकोत्सबको अवसरमा प्रद्यानाध्यापक खिमराज घिमिरेले ३४ लाख ७१ हजार ८ सय ९४ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बिद्यालयका अध्यक्ष गणेश घिमिरेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन शिक्षक दिपक कुवँर र शिक्षीका सीता घिमिरेले गरेका थिए ।

२०२९ सालमा स्थापना भएको बिद्यालयमा हालसम्म १ सय ८७ जनाले अध्ययन गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *