शिक्षकहरुले शैक्षिक उन्नयन संगै सामाजिक गतिको समेत नेतृत्व गर्नुपर्ने प्रदेश सांसद चन्द्र वुढाको भनाई

बिशेष

कमल पौडेल

गल्कोट, बागलुङ

गण्डकी प्रदेश प्रदेश सभा सदस्य चन्द्र वहादुर वुढा सागरले समाजको सचेत वर्ग शिक्षकहरु भएको भन्दै शैक्षिक उन्नयन संगै सामाजिक गतिलाई समेत नेतृत्व गर्नुपर्ने वताउनु भएको छ। शनिवार गल्कोटमा भएको नेपाल राष्ट्रिय शिक्षक संगठन र एकिकृत अखिल नेपाल शिक्षक संगठनको संयुक्त प्रादेशिक निर्वाचन क्षेत्र स्तरीय भेलालाई सम्बोधन गर्दै सांसद बुढाले सो कुरा वताउनु भएको हो।

जनताले निर्वाचित गरेका जनप्रतिनिधिलाई निरन्तर निग्रानीमा राख्नुपर्ने भन्दै सरकारले नयाँ संरचनामा आधार तयार गर्ने गरि काम गरिरहेको वताउनु भएको छ। नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) का नेता समेत रहनुभएका सांसद वुढाले पार्टि एकताको काम प्रदेश तहसम्म टुंगि सकेको र वाँकीकाम छिट्टै टुंगिने विश्वास व्यक्त गर्नुभएको छ।

कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य गोपालमणि लामिछानेले शिक्षकहरुको वृत्ति विकासको लागि कर्मचारीहरु नै सकारात्मक हुन नसक्नु दुखद् भएको वताउनु भएको छ। त्यस्तै जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख तथा नेकपाका जिल्ला नेता विष्णु भुसालले जनप्रतिनिधिले विकास योजना तथा निति निर्माणमा निर्वाचित आधार जनतालाई ध्यानमा राख्नुपर्ने वताउनु भएको छ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष गोविन्द गौतम, एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष नागेन्द्र खरेल, वरिष्ठ जिल्ला उपाध्यक्ष जित वहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिव कृष्ण भट्टराई लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सो भेलामा बागलुङ क्षेत्र नं. २ (क) अन्तरगतका बडिगाड गाउँपालिका, गल्कोट नगरपालिका र तारा खोला गाउँपालिकाका दुवै संगठन संग सम्बद्ध शिक्षकहरुको सहभागिता रहेको थियो। कार्यक्रम अखिल नेपाल शिक्षक संगठन बडिगाडका संयोजक नेत्र गौतमको अध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक संगठन गल्कोटका संयोजक राम खत्रिको संचालनमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *