५५ वर्षदेखि नेपालमा बस्दै चिनियाँ शरणार्थी

पत्रिकाबाट

काठमाडौं – धर्मगुरु दलाई लामाप्रति आस्था राख्ने तिब्बतीहरुलाई सन् १९५९ पछि स्वदेशमै बसिहरन गाह्रो भयो । उनीहरु विभिन्न मुलुकमा शरण लिन बाध्य भए । त्यति बेलैमा नेपाल छिरेकी थिइन् ७८ वर्षीया छिरिङ दोकर । उनी अहिले एकान्तकुनाको साम्दुप्लिङ तिब्बती शरणार्थी शिविरमा एकल जीवन बिताइरहेकी छन् । उनी वृद्धावस्थामा पुगिन् । तर गाह्रो परिरहेको छ । शरणर्थीकै रुपमा उनले ५५ वर्ष बिताइसकिन् ।

साँघुरो अँध्यारो कोठामा थोत्रो पलङ, दराज र अन्य सामान मात्र उनका साथी भएका छन् । त्यसैको कुनामा मुस्कुराइरहेको छ दलाई लामाको तस्बिर । तस्बिरअघि बत्ती बलिरहेको थियो । ‘अ‍ोम मणि पद्मे हुम्’ को् मन्त्र जप्दै वृद्धादले भनिने् ‘२३ वर्षकी हुँदा नेपाल आएँ ।’

यो समाचार नितु घलेले अन्नपूर्णमा लेखेकी छन्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *