पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइ भोली वामी आउँदै !

ताजा खबर राजनिति

अनिश शर्मा गैरे, गुल्मी फाल्गुण ४
गुल्मी र बाग्लुङ्गका बिभिन्न क्षेत्रमा नेपालका पुर्व प्रधानमन्त्री तथा शक्ति नेपालका पार्टी संयोजक डा. बाबुराम भट्टराइ आउने भएका छन् ।

असल राजनीति र समाबेशी बिकासका लागि जनसम्बाद यात्रा २०७५ मा सहभागी बनौं भन्ने नारा सहित उनी मध्यपहाडी लोकमार्गको यात्रामा हिडेका हुन् ।

पुर्वको पाँचथरदेखी उनी एक महिना लामो यात्रामा हिडेका हुन । सो क्रममा भोली अर्थात आइतबार गुल्मी बाग्लुङ्गको बडिगाड गाँउपालिका २ को खर्बाङ्ग तथा गुल्मीको मुसिकोट नगरपालिका ७ वामीमा आउने नया शक्ति पार्टी गुल्मी जिल्ला संयोजक तेजेन्द्र थापाले जानकारी दिए । खर्बाङ्गमा भोली दिउँसो साढे १ बजे कार्यक्रम सम्पन्न गरी सबा तीन बजे रुद्रावती बहुमुखी क्याम्पसमा एक अन्तरक्रिर्या कार्यक्रममा उनी सहभागी हुँदैछन् ।

त्यसैगरी दिउँसो ४ बजे वामी बसपार्कमा कोणसभा कार्यक्रममा डा. भट्टराइ सहभागी हुनेछन् । सो कार्यक्रममा यस क्षेत्रका जनप्रतिनिधि, बौद्धिक ब्यक्तित्वहरु, विभिन्न राजनीतीक दलमा आबद्ध ब्यक्तित्वहरु, शिक्षक, बिद्यार्थी, पत्रकार, कर्मचारी, उद्योगी ब्यबसायी, लगायत सम्पुर्ण नागरिकहरुमा सहभागिताका नया शक्ति पार्टी गुल्मीले अनुरोध गरेको छ ।

बिभिन्न नारा तथा एजेन्डाहरू लिएर माघ १५ देखि पाँचथरको चिवा भन्ज्याङ्ग देखि १ हजार ७ सय ६५ कि.मी लामो यात्रामा निस्कीएका भट्टराइको यात्रा फागुन १५ मा बैतडीको गोठालापानीमा गएर समापन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *