‘लुट्न सके लुट’ फेरि यूट्यूबमा अाउने

ताजा खबर मनोरंजन

काठमाडौं । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले हाल विवादित बनिरहेको गीत ‘लुट्न सके लुट..’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह  गरेको छ ।

प्रतिष्ठानका उपाध्यक्ष रहेका गायक पशुपति शर्मा पनि वैठकमा उपस्थितमा आइतबार बसेको बैठकमा सो गीतका विषयमा छलफल भएको थियो ।

प्रतिष्ठानको बैठकले संगीत विकास बोर्ड अथवा संगीत सेन्सर बोर्ड गठन गर्न सरकारलाई गरेको आग्रह पुन:स्मरण गराएको छ ।

बैठकमा उपस्थित गायक शर्माले के कारणाले गित हटाए भन्ने जानकारी गराएका थिए । उनको भनाइ उद्वृत गर्दै प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले भने, ‘मलाई एक दुईवटा फोन आयो । राष्ट्रपतिको विषयमा किन यस्तो लेखेको भन्ने कुराहरु आए । म एक्लै पनि थिएँ । त्यसैले आत्तिएर हटाएँ ।’

उनले गीतमा आफूले व्यक्तिविशेषको भन्दा प्रवृत्तिको विरोध गर्न खोजेको स्पष्टिकरण दिएका थिए । ‘म कुनै पार्टीसित आवद्ध छैन र कुनै पार्टीको विरोधि पनि होइन,’ पशुपतिले भने, ‘कसैप्रति पूर्वाग्रही भएर लेखेको थिइनँ । विवाद आउला भन्ने अनुमान पनि भएन ।’

उनले गीतका केही शब्दहरु अनुपयुक्त भएको आफूले पनि महसुस गरेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *