महान्यायधिवक्ताको रायः अख्तियारका पूर्वआयुक्त पाठकलाई मुद्दा चलाऊ

पत्रिकाबाट

काठमाडौँ – महान्यायधिवक्ता कार्यालयले घुस प्रकरणपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा दर्ता गरी कारबाही अघि बढाउन राय दिएको छ ।

अख्तियारले सोमबार महान्यायधिवक्ता कार्यालयसमक्ष मुद्दा कसरी चलाउने भन्ने विषयमा राय माग गरेको थियो । महान्यायधिवक्ता कार्यालयले संविधानमा सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको ठहरिएमा मुद्दा दर्ता गर्न सक्ने व्यवस्था भएकाले सोहीअनुसार अगाडि बढाउन सक्ने राय दिएको हो ।

महान्यायधिवक्ताको कार्यालयले अख्तियारको आफ्नै ऐनमा पनि अनुसन्धान गरी भ्रष्टाचार गरेको देखिएमा मुद्दा दर्ता गरी कारबाही गर्न सक्ने व्यवस्था भएकाले त्यसैअनुसार अघि बढ्न सुझाव दिएको छ ।
यो समाचार आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *