सरकारले समृद्धी गज बसाल्ने काम गरिरहेको छः मन्त्री विष्ट (भिडियो सहित)

ताजा खबर राजनिति

गुल्मी । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले अहिलेको सरकारले समृद्धी गज बसाल्ने काम गरिरहेकोले छिट्टै परिणाम देखिनेगरी विकास हुनेबताएका छन् ।
आज चार दिने भ्रमणको लागि गृह जिल्ला आईपुगेका मन्त्री विष्टले छत्रकोट गाउँपालिकाको चोएघामा अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै सरकारले सदियौ देखिको बेथिती मिलाउन नयाँ नीति, कानुन र विधिको निर्माणमा गएको एक वर्ष खर्च गरेको भन्दै आगामि वर्षको नीति कार्यक्रम र बजेट मार्फत जन अपेक्षा सम्वोधन हुँदै जाने बताए ।
कार्यक्रममा छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्त, नेकपाका जिल्ला सचिव बुद्धी जिसी, मन् त्रीका स्वकिय सचिव गणेश श्रीपाली, नेकपाका जिल्ला नेता नरेश भण्डारी, छत्रकोट गाउँकमिटीका अध्यक्ष रामप्रसाद पन्त लगायतको उपस्थिती थियो ।
आजै रुपपन्देहीको सैनामैनामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गर्ने देशकै नमुना सिपविकास केन्द्रको लागि जग्गा अवलोकन गरी गृह जिल्ला गुल्मी पुगेका हुन् ।
मन्त्री विष्टले भोली बुधबार मुसिकोट नगरपालिका–४ दजाकोटमा अग्नी पीडितहरुका लागि राहत समाग्री वितरण गर्ने, मुसिकोट–२ देउरालीमा मोटरबाटो उद्घाटन गर्ने तथा जनज्योती मावि पौदिअरेवाको महायज्ञ समापन गर्ने कार्यक्रम रहेका मन्त्रीका स्वकीय सचिव गणेश श्रीपालीले जानकारी दिए ।
यस्तै विहिबार वामीटक्सारमा एम्बुलेन्स हस्तान्तरण, नगरसभाको उद्घाटन र कुर्घामा विद्यालयको स्मारिका विमोचन, खानेपानी र स्वास्थ्य चौकी भवन उद्घाटन तथा आँपचौरको ढोडेनीबगरमा शहिद पार्क शिलन्यास कार्यक्रम रहेको जनाईएको छ ।
यसैगरी शुक्रबार मदाने गाउँपालिकामा गाउँसभा उद्घाटनको कार्यक्रम रहेको र फागुन ११ गते तम्घासमा कार्यालय प्रमुखहरुको बैठकलाई सम्वोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

भिडियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *