जनज्योती माबिको लागि एकै ब्यक्तिले दिए १५ लाख, हालसम्म एक करोड संकलन (तस्वीरसहित )

ताजा खबर बिशेष

अनिश शर्मा गैरे, गुल्मी ७ माघ ।
जनज्योती माबि मुनपा १ पौदी अरेवाको हीरक महोत्सबको अवसरमा आयोजित नवाहज्ञान महायज्ञको सातौ दिन एकै ब्यक्तिले १५ लाख रुपैया आर्थिक सहयोगको घोषणा गरेका छन् । मुसिकोट नगरपालिका १ अरेवा निवासी हवल्दार डालेश्वर भुषाल सहितको परिवारले नगद तथा जग्गा गरी १५ लाख १ हजार १ रुपैया आर्थिक सहयोग गरेका हुन् । उनले नगद ११ लाख ५१ हजार १ प्रदान गरे भने ३ लाख ५० हजार बराबरको जग्गा बिद्यालयलाइ दान गरेका हुन् । 

सो अवसरमा मुनपा १ निवासी समाजसेवी पूर्णप्रसाद भूषाल तथा उनका भाइहरुबाट रु.५ लाख,१ हजार १ सय,११ रुपैया, अरेवा निवासी हाल अष्ट्रेलियामा रहेका समाजसेवी कृष्णप्रसाद चालिसेबाट रु.४लाख ५हजार ५सय,५५ र विद्यालयका शिक्षक ढाल बहादुर रायमाझीबाट रु.३ लाख २५हजार ५सय,५५ रुपैया सहयोग प्राप्त भएको छ । भुषालको सहयोग सहित हालसम्म ९० लाख अर्थ संकलन भएको बिद्यालयका प्रद्यानाध्यापक इश्वरी प्रसाद आचार्यले जानकारी दिए ।

सातौ दिनको कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काग्रेस गुल्मीका सचिव बिष्णु कुमारी सापकोटाले प्राविधिक शिक्षाले मात्र समाजको विकास गर्र्नेे बताइन ।

महिला अधिकारकर्मी समेत रहेकी सापकोटाले बाचेर केहि कृति राख्न सबैलाई आग्रह गर्दै विद्यालयको लागि आफूसक्दो दान दिएर सहयोग गर्न आग्रह गरिन ।साथै उनले अव शिक्षा व्यवहारिक र सीपयुक्क्त हुनु पर्ने बताउदै विद्यालयको शैक्षिक विकासका लागि आफूले सधै सहयोग गर्ने र विद्यालयले पनि समय सान्दर्भिक शिक्षा तर्फ जोड दिन आग्रह गरिन् ।

सोही अवसरमा नेपाली काँगे्रस गुल्मीका पूर्व पार्टी सभापति शुरेशचन्द्र भूषाल,नेपाली काँगे्रस पूर्व जिल्ला सदस्य अनिशा केसी, नेपाली काँगे्रस महिला विभाग सदस्य कमला पन्थी, बसन्ती पन्थी, अनिता कुँवर, सदस्य सुमित्रा भण्डारी,भोमा खरेल, नेपाली काँगे्रस मुसिकोट नगरपालिकाका संयोजक सुदर्शन शाक्य, नगरपालिकाका छाँया सरकार संयोजक झविलाल भण्डारी, नेपाल पत्रकार महासघ गुल्मीका सदस्य कौरव खत्री, महेन्द्र आर्दश माविका शिक्षक मिगेन्द्र रिजाल, विष्णु काफ्ले लगायत विभिन्न सघंसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

विद्यालयलाई अल्पकालिन रुपमा अंग्रेजी माध्यमको व्यवस्थापन गरि भावी दिनमा कक्षा १० सम्म अंग्रेजी माध्यमको कक्षा सञ्चालन गर्ने, माध्यमिक तहलाई दिगो रुपमा सञ्चालन गर्ने, सबै कक्षाहरुमा कम्प्युटर शिक्षा गर्ने तथा दिर्घकालिन रुपमा विद्यालयको कक्षा वृद्धि गरि कक्षा १२ सम्म पु¥याउने उद्धेश्य राख्दै हीरक महोत्सब आयोजना गरीएको छ ।

त्यसैगरी भविष्यमा गएर प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्य अनुरुप गत फाल्गुन १ गते देखि हिरक महोत्सव मार्फत श्रीमद्भागवत धनधान्याञ्चल ज्ञानमहायज्ञ शुरु गरिएको हो । ज्ञानमहायज्ञ फाल्गुन ९ गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रम मुल महारोह समितिका संयोजक पूर्ण बहादुर हितानको अध्यक्षता तथा वरिष्ठ पत्रकार खेमराज रेग्मीले गरेका थिए । महायज्ञमा प्रमुख बाचक बालयोगेश्वर महाराज श्रीले मधुर कथा प्रवचन गरेका छन् भने कार्यक्रममा झाँकी भजनकीर्तन समेत प्रस्तुत गरिएको थियो ।

See Some Photos     

Leave a Reply

Your email address will not be published. Required fields are marked *