गोकर्ण बिष्टद्धारा कुर्घाको खानेपानी योजना उद्घाटन एक सय ९० घरमा खानेपानी

स्थानीय

 

टोपलाल अर्याल,गुल्मी।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बुधबार मुसिकोट नगरपालिका ६ कुर्घाको भुवाचिदी–बेलटारी खानेपानी तथा सरसफाई योजनाको उद्घाटन गरेका छन् । खानेपानीको उद्घाटन गर्दै मन्त्री बिष्टले अबको केहि बर्षमै डोकोमा गाग्रो बोकेर पधेरा धाउनु नपर्ने बताए । उनले तीन तहका सरकार जनताको इच्छा र चाहना पुरा गर्ने दौडमा भएकाले बिस्तारै सवै सपना पुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । यो खानेपानी योजनाबाट एक सय ९० घरपरिवार लाभाम्बित भएको नगरपालिकाको वास संयोजक सिता भुसालले बताइन् । मुसिकोट नगरपालिकाको ‘एक घर एक धारा’ अभियान अन्तरगत यो खानेपानी योजना निर्माण गरिएको हो । नेपाल सरकार, फिनल्याड सरकार तथा मुसिकोट नगरपालिकाको ७० लाखको आर्थिक सहयोग योजना सम्पन्न भएको भुसालले जानकारी दिइन् ।२०७४ सालबाट खानेपानी योजनाको निर्माण शुरु भएको थियो ।

खानेपानी निर्माण भएर घरघरमा धारा आएपछि अत्यन्तै खुसी लागेको स्थानीय प्रेम भण्डारीले प्रतिक्रिया दिए । यो बर्ष मुसिकोट नगरपालिकाले तीन वटा खानेपानी योजना सम्पन्न गरेको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए । मुसिकोट नगरपालिका ६ को भुवाचिदी–बेलटारी खानेपानी तथा सरसफाई योजनासहित वडा नं २ को जलकुने–सौरपाटा लिफ्टिङ्ग खानेपानी योजना सम्पन्न भएको छ । एक करोड ३१ लाखको लागतमा निर्माण गरिएको खानेपानी योजनाबाट एक सय ७१ घर लाभाम्बित हुने मेयर सापकोटाले बताए । त्यस्तै छोरधार–बाङ्गे लिफ्टिङ्ग खानेपानी योजना पनि यो बर्षनै सकिएको छ । एक करोड ५० लाखको लागतमा निर्माण गरिएको खानेपानी योजनाबाट एक सय ७९ घर लाभाम्बित हुने नगरपालिकाले जनाएको छ । अहिलेसम्म पाँच सय ९१ घरमा खानेपानी पुगको छ । भने ४७ वटा खानेपानी योजनाहरुको मर्मत गरि संचालन गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले बताए । उनले नगरका सवै मुहानहरु समेटेर बिस्तृत परियोजना प्रतिवेदन निर्माण गर्नुका साथै मुख्य छ वटा खानेपानी योजनाको डिजाइन र लागत स्टिमेट तयार गरिएको भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *