सामाजिक कार्यमा उदारणिय पात्र नेपाली सेनाका सेनानीे तलवको रकम सामाजिक कार्यमा

समसामयिक


अनिल खत्री
१० फागुन, गुल्मी । एउटा यस्तो नेपाली सेनाका सेनानीले जसले आफ्नो तलबबाट आएको पुरै रकम सामाजिक काममा खर्चिएका छन् । गुल्मीमा रहेको बिरभद्रजंग गुल्मीका गुल्मपती सेनानी जनमत कार्कीले गुल्मीमा रहुन्जेल बिभिन्न सामाजिक काममा आफ्नो तलव बापतको रकम खर्चिएका छन् ।


गुल्मी जिल्लामा रहुन्जेल ठूला खेलकुद र अन्य संघसंस्थाहरुलाई आर्थिक सहयोग गरेर सामाजिक कार्यमा उदारणिय काम गरेर बिदाइ भएका छन् । गुल्मीबाट सरुवा भएका कार्कीलाई जिल्लाबाट बिभिन्न संघ संस्थाले गरेको बिदाई कार्यक्रममा मेजर कार्कीको बिभिन्न व्यक्तित्वले प्रशंसा गरेका छन् ।


गत वर्ष २०७४ माघमा गुल्मीमा बिरभद्रजंग गुल्मीको प्रमुखमा आएका कार्कीले गुल्मीको एक वर्षे बसाइँमा सामाजिक क्षेत्रमा उदारणिय काम गरेका छन् । जिल्ला बसाइँमा घोषण गरेरै आफ्नो तलव बापतको रकम सामाजिक कार्यमा लागनी अठोट लिएका सेनानी कार्कीले गुल्मी जिल्लाकोएक वर्षे बसाइँमा खेलकुद र अन्य सामाजिक क्षेत्रमा आफनो तलव खर्चिएका छन् ।

गुल्मी आएको केहि महिनामै मेजर काकीले घोषण गरेका थिए जिल्लामा रहुन्जेल आफ्नो तलवबाट आएको रकम पुरै सामाजिक कार्यमा खर्चिने गरे । उनले घोषणा गरेको त्यो बाचालाई सत्यतामा साबित गरेका छन् । प्रत्येक महिनामा एउटा ठाउँमा सामाजिक क्षेत्रमा काम गर्ने अठोट लिएका मेजर काकीले गुल्मी रहन्जुले पुरै काम सामाजिक क्षेत्रमा लगानी गरेका छन् ।
नेपाली सेना र नागरिकसँग आत्मीएता कायम गर्नुका साथै सेनाले पनि सामाजिक कार्य गर्दछन् भन्ने सन्देश दिन सेनानी कार्कीले गुल्मीमा खेल क्षेत्रमा ठूलो योगदान पेस गरेका छन् । बिशेष गरि खेल क्षेत्रमा रुची र दखल राख्ने मेजय कार्कीले गुल्मी रहुन्जेल आदा दर्जन खेल आफनै लगानीमा सञ्चालन गरेका छन् । आफ्ना स्वर्गीय पिताको स्मृतिमा डम्मर स्मृति ब्याटमिन्टन खेल आयोजना गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *