सोमबार सुरु हुने हीरक महोत्सबको तयारी पुरा – हेरौ बिशेष भिडियो रिपोर्ट

ताजा खबर बिशेष

अनिश शर्मा गैरे, गुल्मी फाल्गुण १२ गते ।
मुसिकोट नगरपालिका ७ वामीटक्सार स्थित महेन्द्र आदर्श माबिको हीरक महोत्सब तथा सप्ताह ज्ञान महायज्ञको सम्पुर्ण तयारी पुर्ण भएको छ ।

 

विद्यालयमा यज्ञ मण्डप, गेट निर्माण एवं रङ्ग रोगन लगायतका कार्यहरु सम्पन्न भएका छन् । मञ्च व्यवस्थापन, हीरक महोत्सव स्तम्भ निर्माण, श्रृङ्गारपटारका कार्यहरु पनि सम्पन्न भएका छन् ।

‘सिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने नारासहित सुरु हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगको हो ।

फागुन १३ गते देखि २० गते सम्म सञ्चालन हुने महोत्सवको भोली दिउसो साढे १२ बजे उद्घाटन हुने कार्यक्रम रहेको मुल समारोह समितिका अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिए । हालसम्म हाल सम्म ३ करोड २६ लाख ३ सय ३४ रुपैया सहयोग संकलन भएको छ । जसअनुसार विद्यालय व्यावस्थापन समितिका अध्यक्ष समेत रहनुभएका मुसिकोट नगरपालिका वडा नं. ७ निवासी भुवन केसिले ५५ लाख ५ सय ५५ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

त्यस्तै मुसिकोट नगरपालिका वडा नं. ७ कै गणेश तथा इश्वरी सापकोटाले ६ लाख ६१ हजार ६ सय ६१, मुसिकोट नगरपालिका वडा नं. ७ कै चुरामणि सापकोटाले ५ लाख ११ हजार ९ सय ९९, मुसिकोट नगरपालिका वडा नं. ७ स्थायी घर भई हाल क्यानडामा रहनुहुने लेखनाथ सापकोटाले ५ लाख ५५ हजार ५ सय ५५, मुसिकोट नगरपालिका वडा नं. ७ कै कृष्ण प्रसाद सापकोटाले ३ लाख ३३ हजार ३ सय ३३, मुसिकोट नगरपालिका वडा नं. ७ कै किसोर वौद्धचार्यले ३ लाख ३३ हजार ३ सय ३३, तथा मुसिकोट नगरपालिका वडा नं. ८ का भिम वहादुर रायमाझिले ३ लाख ११ हजार १ सय ११ सहयोग गर्ने घोषणा गर्नुभएको छ । हाल सम्म झण्डै ४ सय जना भन्दा वढि दानविरहरुले सहयोग रकम बोलगरेको सचिवालयले जनाएको छ ।

कार्यक्रममा सवै चन्दादातालाई वोल रकमका आधारमा सम्मान गरिने विद्यालयले जनाएको छ। कार्यक्रमको तयारीको लागि विद्यालय सहित वामीटक्सार वजारलाई दुलहि झैं सिँगारिएको छ । वडा नं. ७ का विभिन्न स्थानहरुमा स्वागतद्धारहरु निर्माण गरिएको छ ।

४० लाख भन्दा माथि सहयोग गर्ने सहयोग दाताले इच्छाएको व्याक्तिको अर्ध कदको सालिक तथा ५० लाख भन्दा माथि सहयोग गर्ने सहयोग दाताले इच्छाएको व्याक्तिको पूर्णकदको शालिक निर्माण गरिने विद्यालयले जनाएको छ। ५ करोड रकम संकलन गरि प्राविधि युक्त शिक्षा संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको आर्थिक अभियानमा महायज्ञ सुरुहुनु पूर्व नै हाल सम्म ३ करोड २६ लाख ३ सय ३४ रुपैया सहयोग संकलन भए संगै आयोजक उत्साहित भएको छ। कार्यक्रम अवधिभर लक्ष्यभन्दा वढि रकम उठ्ने आयोजकले अपेक्षा गरेको छ ।

आयोजकहरु महोत्सवलाइ भव्य र सभ्य रुपमा सम्पन्न गर्नको निम्ती निकै खटेका छन् । भौतिक व्यवस्थापनको काम देखी लिएर आर्थिक संकलन सम्मका कामहरु अगाडी बढीरहेका छन् । वामी बजारमा बिद्यालयसँग जोडिएका सडकहरु सुधार गरिएकोे छ । सप्ताहब्यापी महायज्ञमा प्रमुख बाचक पण्डित कलमनयन गौतमले प्रवचन दिनुहुने छ ।

त्यसैगरी नेपालकै चर्चित भजन मण्डलीको भजन तथा झाँकी प्रदर्शन पनि हुने छ । बिद्यालयले यसरी बडो मिहेनत र तामझामका साथ आर्थिक संकलनको लक्ष्य सहित गर्न लागेको हीरक महोत्सब मार्फत आगामी आर्थिक बर्षदेखी बिद्यालयमा इन्जिनीयरीङ्ग सहितको प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्धेश्य राखीएको छ ।

प्राविधिक शिक्षा बिना अबको देश र समाजको बिकास पनि सम्भव नभएकाले अहिलेको शिक्षा अब्यवहारीक भएको भन्दै बिभिन्न क्षेत्रबाट आवाज उठीरहेको समयमा बिद्यालयले प्राविधिक शिक्षा सञ्चालनको निम्ती पहल थालेको हो । महोत्सब तथा महायज्ञको निम्ती मूल आयोजक समिति, कार्यकारीणि समिति, कार्य सम्पादन समिति र सल्लाहकार समिति गरी मुख्य ४ समिति र सो समितिहरुको मातहतमा रहने गरी अन्य ३३ वटा उपसमितिहरु गठन गरीएको छ ।

महोत्सबमा उपस्थित हुन सबैलाइ आग्रह गरीएको छ ।

See Video

Leave a Reply

Your email address will not be published. Required fields are marked *