सिद्धबाबामा हाजिर जवाफ र स्वास्थ्य परिक्षण

ताजा खबर प्रबिधि

टोपलाल अर्याल, गुल्मी ।

रेसुङ्गा नगरपालिका स्तरीय अन्तर निमावि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल युवा रेडक्रस सर्कल सिद्धबाबा मावि तम्घासले आफ्नो विद्यालयको ३३ औं वार्षिकोत्सवको अवसर पारी प्रतियोगीताको आयोजना गरेको थियो ।

प्रतियोगीतामा सहभागी ९ समूह मध्ये अर्जुन बोर्डिङ प्रथम, सिद्धबाबा मावि द्वितीय, रेसुङ्गा मावि तृतीय तथा ब्राइटर इङलिस बोर्डिङ स्कुल, सिमीचौर सान्त्वना भएको शिक्षक टीका खड्काले जानकारी दिए । त्यस्तै विद्यालयमा अध्ययनरत छात्राछात्रको स्वास्थ्य परीक्षण गरिएको छ । कार्यक्रम एक सय पाँच जना विद्यार्थीहरुको रगत परिक्षण, एक सय ५० जना विद्यार्थीहरुको दाँत परिक्षण गरिएको खड्काले बताए । गुल्मी अस्पतालका डाक्टर मनिषा न्यौपाने, ल्याव टेक्निसियन नारायण पन्थी, विमला बोहोरा र दलबहादुर गुरुङ स्वास्थ्य परिक्षण गरेका थिए ।
कार्यक्रम रेसुङ्गा नगरपालिका वडा नं. ८ का अध्यक्ष भरत भलामीको प्रमुख आतिथ्यता तथा विद्यालय व्यावस्थापन समिति अध्यक्ष तिलबहादुर थापाको अध्यक्षता रहेको थियो । कार्यक्रम प्रधानाध्यापक डोर विक्रम श्रीको स्वागत मन्तव्य राखेका थिए । युवा रेडक्रसका शिक्षक नायक टीका खड्का र सह नायक केशर केसी शिक्षक दुर्गा टण्डन, बाबुराम पन्थी, कमल खासु तथा यु.रे.स.का पदाधिकारीहरुले कार्यक्रमको संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *