अन्तराष्ट्रिय सम्पर्क समितिद्धारा शेराका ६ जनालाइ १ लाख ६० हजार सहयोग !

ताजा खबर बिशेष

अनिश शर्मा गैरे, गुल्मी ।
अन्तराष्ट्रिय सम्पर्क समितिले वामी शेराका ६ जना दुखी, अपाङ्ग, असहायहरुलाइ सहयोग गरेको छ ।

आज एक कार्यक्रमको आयोजना गरी ६ जनालाइ जम्माजम्मी १ लाख ६० हजार रुपैया आर्थिक सहयोग प्रदान गरीएको हो । त्यस क्षेत्रमा रहेका दुखी गरीब, बिभिन्न दुर्घटनाका कारण शारीरिक रुपमा अपाङ्ग भएका व्यक्तिहरुलाइ सहयोग गरीएको हो ।

जस अनुसार भेडुवा निवासी माया परियारले २५ हजार, टोड्के निवासी माया सिँजालीले ३० हजार, खर्क निवासी तुलसी रानाले ३० हजार, छुर्किन निवासी धमला रानाले २५ हजार, टोड्के निवासी शसीकला रानाले २५ हजार र भेडुवा निवासी नर बहादुर खासुले २५ हजार आर्थिक प्राप्त गरेका छन् ।

समितिका अध्यक्ष हर्क बहादुुर खासुको अध्यक्षता रहेको कार्यक्रममा वामी सेवा समिति जापानका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी समितिका सल्लाहकार तथा वामी सेवा समिति जापानका उपाध्यक्ष दिलिप थापा, समाजसेवी शारदा पौडेल, समितिका सल्लाहकार अर्जुन रायमाझी लगायतको उपस्थितीमा सहयोग हस्तान्तरण गरीएको हो । वामी शेरा घर भइ हाल जापानमा रहेका नेपाली दाजुभाइहरु दिदिबहीनीहरुले जम्माजम्मी संकलन गरेको २ लाख १२ हजार रुपैया आर्थिक मध्ये १ लाख ६० हजार सहयोग हस्तान्तरण गरीएको छ भने बाँकी ५२ हजार भने आपतकालीन कोष भनि राखीएको छ । संस्थाले त्यस क्षेत्रका दुखी गरीब, असहायहरुलाइ सहयोग गर्दै आइरहेको छ ।

हस्तान्तरण कार्यक्रमको सञ्चालन संस्थाका सचिब डिलाराम खरालले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वामी सेवा समिति जापानका अध्यक्ष सापकोटाले अन्तराष्ट्रिय सम्पर्क समिति र वामी सेवा समिति जापान मिलेर सहकार्य गरी अघि बढ्नुपर्ने बताएका थिए भने सहयोग गर्ने सम्पुर्णमा धन्यवाद समेत ब्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *