नेपाली कम्पनीले विदेशी पुँजी बजारमा सूचीकृत हुन नपाउने

अर्थ र बाणिज्य ताजा खबर

काठमाडौँ  । सरकारले मुलुकमा विदेशी लगानी भित्र्याउन यहाँका पब्लिक कम्पनीलाई विदेशको पुँजी बजारमा सूचीकृत भई ऋणपत्र जारी गरेर विदेशी मुद्रा ल्याउने बाटो खोल्न लागेको छ ।

अपेक्षित रुपमा विदेशी लगानी नआइरहेको बेला विदेशी लगानीकर्ता आर्कषित गर्न सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुन संसोधन  र एकिकरण गर्न बनेको प्रस्तावित विद्येयक, २०७५ मा नयाँ व्यवस्था रोखेको हो ।

सरकारले लगानी सम्मेलन गर्ने तयारी गरिरहेको बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको विद्येयक सोमबार संघीय संसद्मा दर्ता भएको छ ।

प्रचलित कानुन बमोजिम नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डको स्वीकृति लिई विदेशी मुलुकको पुँजी बजारमा ऋणपत्र, डिबेन्चर वा अन्य धितोपत्र जारी गरी ऋण लिन र विदेशी मुद्रा प्राप्त गर्न सक्ने प्रावधान विद्येयकमा राखिएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले बताए ।

यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *