सरकारी जग्गामा धमाधम निजीको संरचना

अर्थ र बाणिज्य ताजा खबर

ललितपुर । गोदावरी नगरपालिकाले २ सय रोपनी सरकारी जग्गा धमाधम संरचना बनिरहेको छ । गोदावरी नगरपालिका–९ मा निजी लगानीमा व्यवसायिक प्रयोजनका लागि अबैध रुपमा संरचना बनाउने काम तीव्र बनाइएको छ ।

अहिले उक्त स्थानमा भौतिक संरचना निर्माण गर्ने कामले तीव्रता पाएको छ । त्यस स्थानलाई व्यवसायिक प्रयोजनका बिभिन्न किसिमका भौतिक संरचना बनि रहेका छन ।

डाँडाभरीका रुख विरुवा काटेर डाडालाई सम्म पारिएको छ भने जथाभावी रुपमा सडक खनिएको छ । सरकारी जग्गा अतिक्रमण हुदापनि नगरपालिका भने मौन रहेको छ ।

नगरपालिकाको नगरपरिषद र नगर बोर्ड बैठकले वडा ९ स्थित फिसिङ डाँडाको २ सय रोपनी सार्वजनिक जग्गा लिजमा दिने निर्णय गरेको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *