गुल्मीमा एक बर्षमा ११ बलात्कार र २ हत्या ६ बर्षदेखि ८८ सम्मका बलात्कृत

समसामयिक

टोपलाल अर्याल
गुल्मी , १५ फागुन

मालिका गाउँपालिका ७ का ७० बर्षीय हजुर बुवाले १३ बर्षीया नातिनीलाई २६ पुसमा बलात्कार गरि फरार भए । प्रहरीका अनुसार आरोपितले बालिकालाई धम्की दिर्दै पटक–पटक बलात्कार गर्दै आएका थिए । बालिकाले आफ्नो वुवालाई घटना बताएपछि बल्ल प्रहरीकोमा १३ माघमा उजुरी प¥यो । बलात्कारपछि भागेर भारतको आसाममा बस्दै आएका उनलाई आफन्तको सुराकीको आधारमा घर फर्कदै गर्दा प्रहरीले २४ माघमा तम्घासबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपक कुमार बस्नेततले जानकारी दिए ।
गुल्मीमा एक बर्षको अवधिमा ११ जना महिला तथा बालिका बलात्कृत भएका छन् । यो तथ्याङ्क ०७४ फागुन देखि अहिलेसम्मको हो । एक बर्षमा छ जना बालिका र पाँच महिला बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर रबिन्द्र खड्काले बताए । छ जना बालिका मध्ये एक जना बाबुबाट, एक जना हजुरबुवा, एक जना दाजु र तीन जना अन्य व्यक्तिबाट बलात्कृत भएको खड्काले बताए । त्यस्तै पाँच जना महिला मध्ये दुई जना आफन्तबाटै, दुई जना सुस्त मनस्थिती भएका र एक जना महिला अन्य व्यक्तिबाट बलात्कृत भएको प्रहरीले जनाएको छ ।

बालिका, बृद्धा र अपाङ्गहरु बलात्कारको शिकार

बालिका, बृद्धा र अपाङ्गहरु बढि मात्रामा बलात्कारको शिकार भएका छन् । एक बर्षको अवधिमा जिल्लामा ६ बर्षीय बालिकादेखि ८८ बर्षीय बृद्धा बलात्कृत भए । इस्मा दर्लामचौरका एक युवकबाट गत ०७४ फागुनमा ६ बर्षीय बालिका बलात्कार भइन् । त्यस्तै मालिका गाउँपालिका ५ छापहिलेकी ८८ वर्षीय बृद्धालाई गत पुसमा १६ बर्षका एक किशोरले बलात्कार गरे । त्यो संगै इस्मा गाउँपालिका ५ का ५६ बर्षिय धन बहादुर चुँदाराले भदौमा मानसिक सन्तुलन नभएकी ३५ बर्षिया युवतीलाई बलात्कार गरे । सो गाउँपालिकामै एक महिनापछि अर्को अपाङ्ग महिला बलात्कारको शिकार भइन् । इस्मा गाउँपालिका ३ दर्लामचौरका ३६ बर्षिय देव बहादुर सार्की गत असोजमा २० बर्षिया अपाङ्ग महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पछिल्लो समय परिवारनै असुरक्षित बन्दै
जिल्लामा बलात्कार गर्नेहरुको तथ्याङ्क हेर्दा पछिल्लो समय परिवार असुरक्षित बन्दै गएको छ । भर्खरै ७० बर्षे हजुर बुवाले १३ बर्षीय नातिनी बलात्कार गरे । यो घटना पहिले गुल्मीको इश्मा गाउँपालिका ५ इस्मा रजस्थलका ३७ बर्षीय एक व्यक्तिले आफ्नै १० बर्षीया छोरीलाई २ असोजमा यौन दुव्र्यवहार (अप्राकृतिक मैथुन) गरे । धुर्कोट गाउँपालिका ६ रजस्थलका ३५ बर्षिया एक व्यक्तिले ५२ बर्षिया आफ्नै काकीलाई ९ मंसिरमा बलात्कार गरे । त्यस्तै धुर्कोट गाउँपालिका ५ मा २६ बर्षीय दाजुले १६ बर्षीया बहिनी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी इन्स्पेक्टर रविन्द्र खड्काले बताए । बलात्कार गर्ने सवै जना पुर्पक्षका लागि जेल चलान भएका छन् । बलात्कारका घटनाले सिङ्गो घरपरिवार र समाज असुरिक्षत बन्दै गएको महिला अधिकारकर्मी हिरा कुवंरले बताइन् । ‘बाबुबाट छोरी र दाजुबाट बहिनी बलात्कृ हुने घटनाले महिला र बालिकाहरु आक्रान्त बनेका छन्,’उनले भनिन,‘ अव परिवारमा कसको विश्वास गर्ने ? ।’
मदिराको झोँकमा हत्या र बलात्कार
बलात्कार, हत्या र घरेलु हिंसाको प्रमुख कारण मदिरा बन्ने गरेको छ । अत्यधिक मदिरा सेवनका कारण मदाने गाउँपालिका ७ का दुर्गा नेपाली र मुसिकोट नगरपालिका ४ का पंकज कुमालले पत्नीकोे विभत्स हत्या गरे । गुल्मीमा बलात्कार र अपराध को प्रमुख कारण मदिरा बनिरहेको छ । आफ्नै छोरी बलात्कार, काकी र नातिनी बलात्कार पनि मदिराकै झोकमा भए । एक बर्षमा भएमा दुई हत्या र ११ बलात्कारको कारण मदिरा सेवनपछिको आवेकनै प्रमुख भएको जिल्ला प्रहरी प्रमुख एसपी दिपक कुमार बस्नेतले बताए । मदिराका कारण आफ्नै छोरी बलात्कार गर्ने देखि पत्नीको हत्या गर्नेसम्मका घटना भएका छन् । ‘धेरै घटनामा अनुसन्धान गर्दा बलात्कार अपराधको कारण मदिरा देखिन्छ,’बस्नेतले भने,‘यसको नियन्त्रण र सचेतना आवश्यक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *