दाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ५ जना घाइते

ताजा खबर बिशेष

दाङ । दाङमा गएराति भएको सडक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । दाङको दुधरासबाट छिल्लीकोट तर्फ जाँदै गरेको लु १ च ५९१२ नम्वरको पिकअप जिप  बाहिरी संक्राम भन्ने स्थानमा दुर्घटना हुँदा चालक तुल्सीपुर उपमहानगर पालिका–१९, बाँसगडीका ३५ बर्षिय लालबहादुर रावत र सोही वडा छिल्लीकोट ५५ बर्षिय अमरबहादुर ओलीको मृत्यु भएको हो ।

घाइते हुनेहरुमा सोही वडाका  बर्ष ४४ का कर्णबहादुर खड्का  १६ बर्षिय लिलाबहादुर खड्का , घोराही उपमहानगरपालिकी २२  बर्षिया सपना सिंह ठक्ुरी  , उनका ५ बर्षका छोरा सन्दिप  र सुजल सेन रहेका छन ।

भर्खरै निर्माण गरिएको मोटरबाटो पानीले हिल्लाम्मे भई गाडी चिप्लीएर दुर्घटना भएको र घाईतेहरुको  तुल्सीपुर प्रादेशिक अस्पतामा उपचार भई रहेको  दाङ्गका प्रहरी प्रबक्ता रामप्रसाद घर्तिले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *