गायत्री थापाले धना परियारको सहयोग स्वरुप बनाएको गीत यस्तो बन्यो

ताजा खबर मनोरंजन

शन्ताेष महतरा । आफ्नो सुरिलो स्वरबाट चर्चामा आएकी गायिका धना परियारले पछिल्लो समय आफ्नो आवाजमा गीत रेकर्ड गर्ने अवसर पाएकी छिन् ।

छाउपडिमा आगो लागेर डडेकी धना परियारलाई विभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग गरिरहेका छन् । हाल उनी सर्जरीको लागी किर्तीपुर अस्पतालमा छिन् । उनैको सहयोगको लागी शिव दर्शन फिल्मस् प्रा लिकी प्रवन्ध निर्देशक गायत्री थापाले एउटा लोकदोहोरी गीत निर्माण गरेकी थिइन् । जसमा धना परियार र तुलसिंह रनपछाईले आवाज दिएका छन् । समिक्षा बुढाथोकीले सिर्जना गरेको उक्त गीतमा ऋषी खड्काले संगीत भरेका छन् ।

त्यसैगरी म्युजिक भिडियोमा रोशन सिंह र साया भण्डारीको अभिनय रहेको छ । अजय रेग्मीको छायांकन, रोशन सिंहको निर्देशन तथा मिलन बिकको सम्पादनमा गीतको म्युजिक भिडियो निर्माण भएको छ ।
उक्त गीतबाट संकलन भएको सबै रकम धना परियारको उपचारको लागी सहयोग गर्ने गायत्री थापाले बताएकी छिन् । साथै देश तथा विदेशमा रहने सम्पुर्णलाई धना परियारको लागी आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न उनले अनुरोध समेत गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *