गुल्मीमा सदाचार प्रतिबद्धता कार्यान्वयन सम्वन्धि सर्वेक्षण प्रतिवेदनबारे छलफल

ताजा खबर प्रबिधि

सन्तोष महतारा, गुल्मी । सुशासन अभियान गुल्मीले सदाचार प्रतिबद्धता कार्यान्वयन सम्वन्धि सर्वेक्षण प्रतिवेदन तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

सुशासन अभियान गुल्मीले नगरौँ,नगराऔँ,नसहौँ भष्ट्रचार ः देशका लागि अति उत्तम होसदाचार भन्ने मूल नाराका साथ छलफल कार्यक्रम गरेको हो । सरकारी कार्यालयमा बढेको भष्ट्रचार तथा राजनितिमा पनि भष्ट्रचार हुन थालेको कारण यसको न्यूनिकरण गर्न यो कार्यक्रम आयोजना गरिएको सुशासन अभियान गुल्मीका अध्यक्ष श्याम कुमार पाण्डेयले बताउनुभएको छ ।

सुशासन अभियान गुल्मीले आफ्नो प्रतिवेदन मार्फत गुल्मी जिल्लामा अहिले सम्म गरेका प्रयास तथा कार्यक्रम हरु प्रस्तुत गरेको थियो । सुशासन अभियान गुल्मीले जिल्लामा रहेका सरकारी कार्यालयमा भष्ट्रचार रोक्न प्रयास गरिरहेको र गर्दे जाने बताएको छ ।

छलफल कार्यक्रम को बिशेष अतिथि समेत रहनुभएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले यस्तो कार्यक्रम भष्ट्रचार रोक्ने एक विधि भएको वताए । उनले भने ‘भष्ट्रचार एकैचोटि नभएर क्रमश न्यूनिकरण गर्ने कुरा हो यस्तो कार्यक्रम त भष्ट्रचार न्यूनिकरण गर्ने एक विधि मात्र हो ।’ छलफल कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेगमीले भष्ट्रचार विगत भन्दा अहिले सुधारिँदै आएको वताउनुभएको छ । उनले भनेँ ‘पहिले भन्दा त भष्ट्रचार घटेकै छ तर यतिले पुग्र्दैन यसलाई शुन्य विन्दुमा पुराउनुपर्दछ ।’ कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका प्रतिनिधि,सुशासन अभियान गुल्मीका प्रमुख तथा प्रतिनिधि,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,समाजसेवी विद्याथीहरु,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।.

Leave a Reply

Your email address will not be published. Required fields are marked *