विद्यालयको लागि हालसम्म ३ करोड ८० लाख संकलन, भोली काँग्रेस महामन्त्री डा. शशांक आउने !

ताजा खबर बिशेष

अनिश शर्मा गैरे, गुल्मी 

महेन्द्र आदर्श माद्यामिक विद्यालय वामीको हीरक महोत्सब तथा सप्ताहज्ञान महायज्ञको चौथो दिन एकै परिवारले १५ लाख ५ हजार ५ सय ५५ रुपैया सहयोग प्रदान गरेका छन् ।

मुसिकोट नगरपालिका ७ वामीटक्सार निवासी पिता स्व. झुञ्जलाल सापकोटा तथा माता स्व. भागीरथा सापकोटाको स्मृतिमा छोराबुहारीहरु डिलाराम बालकुमारी सापकोटा, शिवलाल नुनकला सापकोटा, हरी प्रसाद केशवदेवी सापकोटा, भक्तिराम कृष्णा सापकोटा, तिलाराम तुलसी सापकोटा, तथा चुरामणी टीकादेवी सापकोटाको परिवारद्धारा संयुक्त रुपमा सो सहयोग प्रदान गरेको हो ।

हालसम्म बिद्यालयको लागि ३ करोड ७८ लाख ५८ हजार ६ सय १६ रुपैया संकलन भएको बिद्यालयका शिक्षक तथा लेखा समितिका संयोजक डिल्लीराज खरेलले जानकारी दिए । बिद्यालयको लागि बिद्यालयकै अध्यक्ष भुवन केसीले ५५ लाख ५ हजार ५ सय ५५ रुपैया सहयोग गरेका छन् ।

महायज्ञको माध्यमबाट विद्यालयमा इन्जिनीयरीङ्गसहितको प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्धेश्यका साथ ५ करोड रुपैया संकलनको लक्ष्य राखीएको छ । आगामी शैक्षिक सत्रबाट प्राविधिक धारतर्फको शिक्षा सञ्चालन गर्ने विद्यालयको योजना छ ।

यसैबिच महायज्ञको ५औ दिन अर्थातशुक्रवार नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाका पुत्र तथा नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला आउने भएका छन् ।

बिद्यालयका शिक्षक ज्ञानहरी सापकोटाले बिद्यालयमा जारी हीरक महोत्सब तथा सप्ताहज्ञान महायज्ञको भोलीको कार्यक्रम सम्बोधन गर्न कोइराला आउने निश्चित भएको जानकारी दिए । उनका अनुसार कोइराला भोली दिउसो १ बजे वामी आउनेछन् ।

महोत्सवको सोमबार श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले उद्घाटन गरेका थिए । भने समापन आउने २० गतेहुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *