होटल ब्यबसायी मञ्च गुल्मीको दशौँ साधारणसभा तथा पाँचौ जिल्ला अधिवेशन सम्पन्न

ताजा खबर प्रबिधि

सन्तोष महतारा , गुल्मी ।  शुक्रबार सदरमुकाम तम्घासमा होटल ब्यबसायी मञ्च गुल्मीको दशौँ साधारणसभा तथा पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा संस्थाका अध्यक्ष भेषराज कँडेल,कोषाध्यक्ष जंगवहादुर कुँवरले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले आफ्नो प्रतिवेदन मार्फतकार्यप्रगति प्रस्तुत गरेको छ ।

२०७३ बैशाख १८ गते भएको आगलागी पिडितलाई जिल्ला प्रशासन कार्यालय मार्फत सहयोग गरेको, पर्यटन प्रवद्र्धन सम्बन्धि गोष्ठि सम्पन्न गरेको,सम्पूर्ण होटल ब्यबसायी सँग समयसमयमा अन्तरक्रिया गरेको, २०७३ सालको अविरल बर्षाको कारण विपतमा परेकोलाई नगद २५ हजार सहयोग गरेको संस्थाले प्रतिवेदन मार्फत प्रस्तुत गरेको छ । होटल ब्यबसायी संघले गर्ने राष्ट्रिय अधिवेशनमा सहभागि रहेको, ५ नं.प्रदेश टुक्राउने प्रस्तावको विरोधमा होटल नै वन्द गरि आन्दोलन गरेको थियो । जिल्लामा संचालित विभिन्न होटलहरुको समयसमयमा अनुुगमन गरेको होटल ब्यबसायी मञ्च गुल्मीले आफ्नो प्रतिवेदन मार्फत प्रस्तुत गरेको छ ।

होटल ब्यबसायी मञ्च गुल्मीले जिल्लामा पर्यटन प्रर्वद्धनमा,बातावरणिय सन्तुलनको लागि,धार्मिक संघ संस्था,गुल्मेलीले अनेत्र ठाउँमा गरेका कामकार्यमा, स्वास्थ्य शिविर संचालनमा,पुस्ताकालय संचालनमा सहयोग गरेको संस्थाका अध्यक्ष कँडेलले वताउनुभयो ।

संस्थाले जिल्लामा हुने विभिन्न कार्यक्रमा पनि पुगेर आर्थाीक सहयोग गर्ने गरेको कोषाध्यक्ष जंग वहादुर कुँवरको प्रतिवेदनमा प्रस्तुत थियो । संस्थाले बिभिन्न चुनौतीका बावजुत पनि काम गरिरहेको र अब पनि निरन्तर रुपमा गर्ने मञ्चले जनाएको छ । कार्यक्रममा वोल्ने धेरैजसो वक्ताहरुले होटलको आ आफ्नो मुल्य भएकोले यसलाई सुधार्दे जानुपर्ने प्रतिक्रिया दिएका थिए । कार्यक्रम संस्थाका अध्यक्ष भेषराज कँडेल अध्यक्षता प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा विभिन्न होटल ब्यबसायी,समाजसेवी पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *