बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

ताजा खबर बिशेष

बुटवल । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–८ दिपनगरका ५५ वर्षीय  अनिश पाण्डेलाई फागुन १७ गते तिलोत्तमाबाटै गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन १७ गते बलात्कार गरेको भनी पीडित बालिकाकी आमाले फागुन १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा प्रहरीले कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १७ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

यस्तै १९ वर्षीय छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बाबुलाई फागुन १७ गते तिलोत्तमाबाटै गिरफ्तार गरेको छ ।

आरोपितले आफ्नै छोरीलाई फागुन १६ गते बलात्कार प्रयास गरेको भनी पीडित छोरीले फागुन १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा प्रहरीले कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १७ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *