भरत मोहन अधिकारी भेन्टीलेटरबाट फर्कने सम्भावना न्यूनः अस्पताल

ताजा खबर बिशेष

काठमाडौं । नेकपा नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी भेन्टीलेटरबाट फर्कने  सम्भाबना न्यून रहेकाे अस्पतालले जनाएकाे छ । अस्पताल स्राेतका अनुसार दिउसाे ४ः३० बजे देखि कृतिम स्वासप्रश्वास दिएर राखिएकाे छ। 

विदेशमा रहेकी छाेरी अाउन्जेल सम्म भेन्टिलेटरमा राख्ने सल्लाह बमाेजिम उहाँ उपचाररत रहेकाे ह्याम्स अस्पतालमै राखिएकाे जनाएको छ । 

अस्पतालले शनिबार दिउसाे पत्रकार सम्मेलन गर्दै उनलाई बचाउन सकिने सम्भावना अत्यन्तै न्यून रहेको जनाएको थियाे।

उनलाई भेन्टिलेटरमा राखेर रक्तचाप बढाउने औषधिहरुको प्रयोग गरिएको पनि अस्पतालको भनाई थियाे ।

‘अहिलेको अवस्था अनुसार उहाँको महत्वपूर्ण अंगहरुले काम गर्न छोड्दै गएको र उहाँलाई कृतिम स्वासप्रस्वासको लागि भेन्टिलेटरमा राखिएको अस्पताले जनाएकाे छ । अस्पतालका डाक्टर भास्करराज पन्तले भने, ‘वितेको २४ घण्टादेखि पिसाव नभएको  र समग्रमा हाम्रो सम्पूर्ण प्रयासहरू असपफल भएकाे छ ।’
फोक्साे र मुटुमा समस्या भएपछि अधिकारी सो अस्पतालमा तीन सातादेखि उपचाररत छन्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *