विदेश भ्रमणमा जान गोलाप्रथा

ताजा खबर

बाँके । विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरुबीच गोलाप्रथा गरिएको छ । विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो ।

उपमहानगरमा आएको स्वीजरल्याण्ड, थाइल्याण्ड र दुबई भ्रमणको कोटाका लागि विवाद चर्केपछि जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको नेपालगञ्ज–११ का वडाध्यक्ष उज्जवलसिंह राठौरले जानकारी दिए ।

‘जनप्रतिनिधिबीच विवाद चर्केपछि गोलाप्रथा गरेका छौँ’, वडाध्यक्ष राठौरले भने, ‘उपप्रमुख उमा थापा मगरले आफू नै जान पाउनुपर्ने अडान राखेपछि गोलाप्रथा गर्नुपरेको हो ।’

उपप्रमुखले नमानेपछि उपमहानगरपालिका र कांग्रेस पार्टीमा समेत विवाद बढ्दा गोलाप्रथा गर्नुपरेको उनले बताए । गोलाप्रथा अनुसार उपप्रमुख थापामगर नै छनोटमा परेकी छिन् ।

विदेश भ्रमणका लागि आएका १० वटा कोटामध्ये नेकपा, कांग्रेस र राप्रपालाई क्रमशः तीन÷तीन र एउटा फोरमको भागमा परेको थियो । कांग्रेसबाहेकका दलले सहमतिकै आधारमा नामावली दिएपनि उपप्रमुखको ढिपीले कांग्रेस निकट जनप्रतिनिधिबीच गोलाप्रथा भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *