१७ अर्ब चिनियाँ लगानीमा सिमेन्ट कारखाना खोल्ने

अर्थ र बाणिज्य ताजा खबर

धादिङ । महादेवस्थानस्थित ताल्ती खोलामा चिनियाँ लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ । चारैतिर विपन्न चेपाङ बस्ती रहेको ताल्तीमा ९४ जनाको ४ सय रोपनी जग्गा खरिद गरी उद्योग सञ्चालनमा ल्याउने तयारी भएको हो ।

बेनीघाट रोराङ २ ताल्ती खोलामा हुआसिन सिमेन्ट उद्योगको सभामुख कुष्णबहादुर महारादले शुक्रबार शिलान्यास गरेका छन् । उनले सन् २०१८ मा नेपाल सरकारले चीनसँग  गरेको ‘वान वेल्ट वान रोड’ सम्झौताअनुरुप नै यो ठुलो उद्योग सञ्चालनमा आउन लागेको बताए ।

चीनस्थित हुआसिन जगबहल सिमेन्टका उपाध्यक्ष सु जाङ हुले चीनले नेपाललाई थुप्रै प्रोजेक्टमा सहयोग गरेको र यस सिमेन्ट प्रोजेक्टले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने जनाए ।

यो समाचार हरिहरसिंह राठौरले कान्तिपुरमा लेखेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *