खानेपानी तथा सरसफाई उपभाेक्ता समितिको अधिवेशन सम्पन्न

ताजा खबर स्थानीय

 सन्ताेष महतारा, गुल्मी, फागुन १८ गते ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ८ खानीगाउँ स्थित छहरा खोला दोबिन्दा खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १३ औं उपभोक्ता भेला तथा ५ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशन रेसुङ्गा नगरपालिका वडा नं. ८ मा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा सम्पन्न भएको अधिवेशनले पुनः धन बहादुर श्रीसको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्वसहमत चयन गरेको छ ।

जसको उपाध्यक्ष खेत बहादुर भलामी, सचिव उमानन्द सुवेदी, कोषाध्यक्ष सिता थापा क्षेत्री रहेका छन् ।

त्यस्तै सदस्यहरुमा शुसिला मल्ल, कमला विश्वकर्मा, झग बहादुर थापा, मोहन बहादुर भलामी, इश्वरी जिसी, रेश्मा विक, रविन्द्र श्रीस, धन बहादुर विक, नगेन्द्र भलामी, चन्द्र बहादुर टण्डन र विष्णु बहादुर श्रीस सर्वसहमत रुपमा चयन भएका छन ।

अधिवेशनले अगामी तीन वर्षके लागि कार्य समितिको चयन गरेको हो । अधिवेशनको उद्घाटन रेसुङ्गा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष भरत भलामीले गरेका थिए ।

अधिवेशनको उद्घाटन गर्दै वडा अध्यक्ष भलामीले यो उपभोक्ता समितिले अहिलेसम्म राम्रो योजनाहरु सञ्चालनमा ल्याएको र योजनाहरु पनि नमूना भएको बताएका थिए ।

त्यस्तै उनले वडाबाट हुने विभिन्न सहयोगहरु आफुले यस उपभोक्ता समितिलाई गर्ने प्रतिबद्धता व्यक्त गर्दै नयाँ बनेको कार्य समितिलाई शुभकामना समेत दिएका थिए ।

अधिवेशन कार्यक्रममा सिद्धबाबा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलबहादुर थापा, प्रधानाध्यापक डोरविक्रम श्रीस, वडा नं. ८ का स्थानीय जनप्रतिनिधिहरु, सामाजिक क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तिहरु, उपभोक्ताहरु, स्थानीय बासिन्दाहरुको उपस्थित रहेको थियो । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष धन बहादुर श्रीसको अध्यक्षता तथा सचिव उमानन्द सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *