मायाको किनबेच

ताजा खबर साहित्य

✍️बाबु ब्यास

शब्द त मिठो लाग्छ माया
जसले यो शब्द रच्यो ।
त्यों पनि भोको थियो होला
कसैको प्रेमको,

अनेक सपना सजायो होला ।
उसलाई जिन्दगीको
हर मोड़ सम्म खुसी दिउ ।
हरेक स्वास सम्म साथ दिउ।
मायालाई जताउने धेरै कुरा छन ।
जहां बुवा आमा,भाई दाई , दिदी बहिनी
बाट बेगळै प्रेम जो तिमीलाई सुमपिन खोजे ।

पहिलो भेटमा सबै बाचाकसम खाएर
तिमीलाई सजाउने सपना देखेको
खै किन आज एक बजार भयो ।
तिमी बाहेक कोही हुनै सक्दैन भन्ने तिम्रो
बाणी खै किन घृणा भयो ।
अचम्म लाग्छ ।
तिमीले मलाइ देखाएको माया प्रति
सपना ताजै छन तिम्रा अनि मेरा
तर अनायसै एकाएक ओइलाउदै छन।

तिमीले मलाइ भुलेको पनि अब त बरसौ भएछ ।
ख़बर सुनेथे मेरा चिट्ठी फोटा जलाएर खरानी बनायौ अरे
तर अंतिम पलट भेटदा लिएको तिम्रो तस्बीर म सँगै छ ।
हुन त तिमी अब मायालाई किन बेचको बजार बनाएकी
म कहा सक्छु र तिम्रो माया किन्न
तैपनी बजार पाई राख्नु
म जस्तो एकल यात्री जस्तै
अरु कसैलाई नतड़पाउनु
यो प्रेम को सपना देखाई
न भुलाउनु कसैलाई

जिन्दगीमा अनेक मोड़ हरू आउदा रहेछन ।
उकाली ओराली पाखा पखेरी
सबै संग सामना गर्नु
प्रकृतिले जस्तै आफ्नो मौसममा रंग भरदै जानू
मेरो प्रेम प्रकृति जस्तै सुगंधित छ ।
तिम्रो मायाले ब्यापार जमाए पछि
पक्कै समझनु
तिमी आफैमा बासनादार रहेछौ
तर ब्यर्थ मैंरहेछु
तिम्रो मेरो प्रेम बजार बनाए।
घरी अस्ताए।

एक सिख दियौ मलाइ न बिरसने गरी
साच्चै प्रेम किनबेच होइन
यहाँ मन पेट मैं अमर प्रेम रहेछ ।
मायालाई धनिकों नाम दिई सजाउनु
ठुलो कमजोरी रहेछ।

अंतिम स्वास सम्म म तिम्रो प्रेमी हु ।
ए अब पनि प्रेमको किनबेच नगर है ।

रचयिता – साहित्य प्रेमी बाबु ब्यास, गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *