राजपा अध्यक्ष मण्डलको बैठक सुरू

ताजा खबर

बुटबल । रुपन्देहीको भैरहवामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलसहित केन्द्रीय समितिको बैठक सुरु भएको छ । केन्द्रीय सदस्य राजेन्द्र गुप्ताका अनुसार बैठकमा केन्द्रीय अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवसहित सदस्य राजेन्द्र्र महबो, अनिल कुमार झा, शरतसिंह भण्डारी, राजकिशोर यादवको सहभागिता रहेको छ । 

सदस्य महन्थ ठाकुरको अनुपस्थितिमा नेता शर्वेन्द्रनाथ शुक्लले बैठकको प्रतिनिधत्व गरेका छन् । ठाकुर अस्वस्थ भएका कारणले बैठकमा सहभागि नभएको गुप्ताले रातोपाटीलाई बताए ।

त्यस्तै बैठकमा केन्द्रीय समितिका पदाधिकारी, कपिलवस्तु, रुपन्देही र नवलपरासी तीनै जिल्लाको अध्यक्ष मण्डलका संयोजक÷सदस्य लगायतको उपस्थिति रहेको छ । यसअघि राजपाले प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर र ५ तथा ७ को संयुक्त रुपमा नेपालगञ्जमा समीक्षा बैठक सम्पन्न गरिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *