कर्मचारी मिलन केन्द्रले अस्पताललाई दियाे अत्याधुनिक ल्याब मेसिन

ताजा खबर स्वास्थ र सुन्दरता

सन्तोष महतारा, गुल्मी। कर्मचारी मिलन केन्द्र गुल्मीले जिल्ला अस्पताल गुल्मीलाई अत्याधुनिक ल्याब मेसिन हस्तान्तरण गरेको छ ।
जिल्ला अस्पताल गुल्मीलाई थप सुबिधा सम्पन्न बनाउन का लागि र बिरामीहरुलाई स्वास्थ्य परिक्षणमा थप सहज होस भन्ने उद्देश्यका साथ मेसिन हस्तान्तरण गरिएको कर्मचारी मिलन केन्द्रका कोषाध्यक्ष हरि प्रसाद गैरेले जानकारी दिनुभयो ।

करिब ५ लाख रुपैयाँ पर्ने अत्याधुनिक ल्याब मेसिन जिल्ला अस्पताल गुल्मीलाई हस्तान्तरण गरिएको गैरेले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यबस्थापन सिमितका अध्यक्ष लक्ष्मण पराजुलीकाे राेहवरमा भएकाे हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सहयोग गर्ने कर्मचारी मिलन केन्द्रलाई धन्यबाद दिँदै यसको सही प्रयोग गर्दै बिरामीहरुलाई सेवा दिन आग्रह गर्नुभयो ।

अत्याधुनिक मेसिन ग्रहण गर्दै जिल्ला अस्पताल गुल्मीका प्रमुख उत्तम पाच्यले यस अत्याधुनिक मेसिन हस्तान्तरण गर्ने मिलन केन्द्रलाई धन्यबाद दिदै अस्पतालले बिरामीहरुलाई दिने सेवामा थप प्रभाबकारी हुने दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *