गुल्मीको रेडियो श्रृङ्गेश्वर तेस्रो वर्षमा प्रवेश

ताजा खबर प्रबिधि

टोपलाल अर्याल,

गुल्मी, २० फागुन । गुल्मीको छत्रकोट गाउँपालिका वडा ३ हर्दिनेटा लुम्छामा रहेको रेडियो श्रृङ्गेश्वर १०४.४ मेगाहर्ज तेस्रो वर्ष प्रवेश गरेको छ ।

२०७३ को महाशिवरात्रीका दिनदेखि आफ्नो परीक्षण प्रशारण आरम्भ गरेको रेडियोले सफलतम दुई वर्ष पुरा गरेको छ । रेडियो छोटो समयमै गुल्मीसहित अर्घाखाँची, पाल्पा, प्युठान, वागलुङ, दाङ, स्याङ्जा, पर्वत लगायत क्षेत्रमा लोकप्रिय रहेको स्टेशन म्यानेजर दामोदर ज्ञवालीले बताए ।

यो रेडियोले ग्रामीण क्षेत्रमा सूचनाको पहुँच स्थापित गरि सुचना, मनोरञ्जन र समाचार प्रसारण गर्दै आएको ज्ञवालीले बताए । सुसेली, गन्थन, मौनताको आवाज लगायतका आधादर्जन बढी कार्यक्रम रेडियोका प्रमुख कार्यक्रम हुन् । “बोल्दै बोलाउँदै सुन्दै सुनाउँदै” भन्ने नाराका साथ गुन्जिरहेको रेडियो श्रृङ्गेश्वरले खासगरी स्थानीय स्तरका विषयवस्तुलाई प्राथमिकतामा राखेर अगाडी बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *