गुल्मीमा बेवारिसे सव फेलाः पहिचानकाे लागि जिल्ला अस्पतालमा राखियाे

ताजा खबर बिशेष

अनिल खत्री,
२० फागुन, गुल्मी । गुल्मीमा एक जना पुरुषको बेवारिसे सव फेला परेको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ३ बेहोरे स्थित जंगलमा पुरुषको बेवारिसे सव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।

अनुहार नचिनिने अबस्था भएको अन्दाजी पैतिस, चालिस वर्षको पुरुषको सव रहेको प्रहरी निरिक्षक खड्काले बताए । सव पहिचाहनको लागि गुल्मी अस्पताल तम्घासमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) दिपककुमार बस्नेतले बताए ।

सव पहिचाहनको लागि जिल्ला भरका मातहतका प्रहरी यूनिटहरुलाई खबर गरिएको उपरिक्षक (एसपी) बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *