रिडि–रानिमहल जल यातायात सुरु।

अर्थ र बाणिज्य ताजा खबर

पाल्पा। गुल्मी, पाल्पा र स्याङ्जाकाे संगम स्थल रिडि बाट पाल्पाको पर्यटकीय स्थल रानिमहलका लागि साेमबारबाट जल यातायात को सुरुवात भएको छ।

दुई वटा ठुला डुङा मार्फत रानी महल सम्मका लागि कालीगण्डकी नदिमा जल यातायातको सुरुवात भएाे छ।

रिडिबाट करिब ४ घण्टाको समय लाग्ने रानी महल यात्राका लागि २ हजार रुपैया भाडा तोकिएको छ। उक्त भाडा तिरे पछि रिडिबाट रानी महल पु¥र्याउनुका साथै यात्रीहरुलाई बिच बाटोमा खाजाको ब्यबस्था गरिने तथा रानी महलबाट रिडि फर्कनकाे लागि गाडिको समेत ब्यबस्था गरिने संचालकले बताएका छन।

त्यसै गरि रुद्रबेणी देखि रिडि सम्मका लागि पनि जल यात्राको ब्यबस्था गरिएको छ। यसका लागि १ हजार रुपैया लाग्ने छ।

जल यात्राको क्रममा यात्रुहरुकाे सुरक्षाकालागि सेफ्टि ज्याकेट र हेल्मेटको ब्यबस्था गरिएको संचालक मध्येका एक खिमप्रसाद गौतमले बताउनु भयो। उहाँले यात्राका क्रममा दुर्घटना भए बिमाको समेत ब्यबस्था भएको जानकारि दिनु भयो।

रिडि क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थानीय शंकर प्रसाद ढेंगाको अध्यक्षतामा ५ जना ब्यक्तिहरुको पहलमा यो सेवाको सुरुवात गरिएको हो। झण्डै २० लाख रुपैयाको लागतमा सुरु गरिएको यो सेवाको रिडि तथा रानी महलमा पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *