डकडाउनमा ‘पुर्खे बा’ को ‘श्रीमान श्रीमती काण्ड’ (हेर्नुहोस् भिडियोमा)

ताजा खबर मनोरंजन

अनिल खत्री,
१६ असार, गुल्मी । लोकप्रिय गायक एबम् हास्य कलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ को तिज गीत सार्बजनिक भएको छ । हिन्दु नेपाली नारीहरुको महान पर्व आउन झण्डै २ महिना बाँकी रहदा गायक एबम् हस्याकलाकार पुर्खे बा ले ‘श्रीमान श्रीमती काण्ड’ सार्बजनिक गरेका हुन् ।
खासगरि तिज पर्वमा महिलाहरुको नारी बेदनाले भरिएका कथा बस्तुमा समाबेश गरेर गीतहरु सार्बजनिक गर्ने गरिन्छ । यस्तै एउटा सन्देश मुलक कथा बस्तुमा रहेर गायक एबम् हास्याकलाकार पुर्खे बा ले यस वर्षको तीज पर्वको लागि नयाँ गीत ल्याएका हुन् ।
पछिल्लो समय यता खास गरि मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् ।
पुर्खे बा र नारायण केशीको संयुक्त तिज गित ‘श्रीमान श्रीमती काण्ड’ आफ्नै युटुव च्यानल पुर्खे बा मार्फत सार्वजनिक भएको हो । पछिल्लो समयमा कोरोनाका कारण लकडाउनमा घरमा बस्दा बस्दै तिज आउँन लागिरहादा तिजमा लगाउन सुन लगायतका कुराहरु माग गरेको बुढा र बुढीको संवादलाई प्रस्तुत गरिएको छ ।
पुरुषोत्तम भण्डारी पुर्खे बाको निर्देशनमा तयार भएको गित शब्द पनि उनकै रहेको छ । गितमा स्वर सुकदेव अधिकारी, प्रतिमा अर्याल र मिलन भुसालको रहेको छ ।
हेर्नुहोस पुरा गीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *